भौतिक पुर्वाधारको अभाव झेलिरहेको कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालमा हाल भएका पुर्वाधार पनि प्रयोग विहिन छन । अस्पतालमा ओटी, इन्डोर, दन्त लगायतका सेवा संचालन गर्न पुर्वाधार तयार छ । अस्पतालमा बिभिन्न समयमा गरेर पुर्वाधार थपिदै गएपनि सो अनुसारको जनशक्ति नहुँदा हाल भएका सेवा पनि संचालनमा समस्या हुँदै आएको छ । भएका एमडीजीपी डाक्टर अंन्बेष कोइराला पनि कार्यकाल सकिएपछि हाल भएका पुर्वाधार प्रयोग विहिन बन्ने अवस्था आएको छ ।

जनशक्ती अभावकै कारण ४ वर्ष अघि खरिद गरिएको डेण्डल चियर पनि संचालनमा आउन सकेको छैन । २४ घण्टा इमर्जेन्सी सेवा दिने घोषणा गरिएको अस्पतालमा हाल ३ जना एमबीबीएस डाक्टरको भरमा ओपीडी सेवा मात्रै संचालन रहेको छ । अन्य जनशक्ति भएपनि मुख्य डाक्टरको अभाव मालाखेती अस्पतालले झेलिरहेको छ । जसका कारण सामान्य सुत्केरी गराउन पनि धनगढी जानुपर्ने बाध्यता छ ।

नगरपालिका मातहत रहेको मालाखेती अस्पतालमा यसअघि मेयर नै अध्यक्ष हुदै आएकोमा गत वर्ष डा. मौनी अध्यक्षमा नियुक्त भएका थिए । उनी नियुक्त भएपनि पुर्वाधार विकासमा काम भएपनि सो अनुसारको जनशक्ति नियुक्त गर्न नसक्दा अस्पतालले अपेक्षित रुपमा सेवा प्रवाह गर्न सकेको छैन ।
यस क्षेत्रका जनताले स्थानीय स्तरमै सेवा पाउने उद्देश्यले लाखौं रकम खर्चेर जडान गरिएका पुवार्धार प्रयोगमा नआउँदा जनता भएका सेवाबाट पनि बन्चित भएका छन । त्यसैले जनताको स्वास्थ्य जस्तो गम्भिर बिषयमा संवेदनशिल भएर नगरपालिकाले अस्पतालमा भएका पुर्वाधारको सदुपयोग हुने सम्मको जनशक्ति परिचालन गरी सेवा प्रभाव गर्न आवश्यक छन । जसले यस क्षेत्रका जनताले बाहिरका अस्पताल चहार्नु पर्ने बाध्यता हड्ने छ ।

















