सार्वजनिक सवारी नियमन गर्न जरुरी

सार्वजनिक सवारी साधनहरुले सिट क्षमता भन्दा बढी यात्रुहरु कोचेर लैजाने गर्दछन् । सिट क्षमता भन्दा झण्डै दोब्बर यात्रुहरु लैजाने प्रायजसो सबै सार्वजनिक सवारीहरुको नियमितको धन्दा हो । छोटो दुरीको यात्रामा सबैलाई मिलेर बस्न भन्दै सवारीका सहचालकहरुले कोचिकोचि यात्रुहरु भरेका हुन्छन् । यात्रुहरुले पुरै भाडा तिरेर पनि सिट पाउँदैनन् । कसैले उभिएर जानुुपर्छ, कसैले अर्काको सिटमा कोचिएर ।

maya metro hospital

कैलाली कञ्चनपुरमा चल्ने धेरै यात्रुहरु सार्वजनिक सवारीहरुको मनोमानीका कारण आजित छन् । तर उनिहरुले त्यस्तै सवारीमा यात्रा गर्नुपर्ने बाध्यता छ । सवारी साधनहरुको चेकजाँचका लागि ठाउँठाउँमा ट्राफिक प्रहरीहरु खटिएका हुन्छन् । यात्रुहरुको यात्राको सुरक्षा र उनिहरुको सहजताका लागि ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ । सवारी साधनहरु चेकजाँचकै लागि ठाउँठाउँमा उभिएका ट्राफिक प्रहरीहरुले पनि चेकजाँचमा खासै महत्व भने दिएको पाईदैन ।

यात्रुले गुनासो गर्दा चालक सहचालकहरुले आलटाल गर्ने गर्छन । चेकजाँचमा रहेका ट्राफिक प्रहरीहरुले पनि त्यस्ता सवारी साधनहरुलाई बाहिरबाट कागजात मात्रै हेरेर पठाउने गर्दछन् । ट्राफिक प्रहरीले चेकजाँच गरिरहेका स्थानमा यात्रुहरुलाई टाउँको निहुराउन सहचालक चालकहरुले निर्देशन दिन्छन । ट्राफिक प्रहरीले सवारी साधनका भित्र कती सवारी छन भनेर चेकजाँच गर्दैनन्, जसले सवारी चालक तथा सहचालकहरुको मनोबल बढेको छ ।

attariya hospital

सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रुहरु राख्ने सवारी साधनलाई कारबाही गर्नुपर्ने भएपनि त्यस्तो गरिएको छैन । सार्वजनिक सवारी साधनहरु नियमन हुन नसक्दा मनोमानी रुपमा सञ्चालन हुदै आएका छन । धनगढी अत्तरिया महेन्द्रनगर सडक खण्डमा चल्ने अधिकांश हाइस, विङ्गर, बसहरुले क्षमताभन्दा बढी यात्रु चढाउने गरेका छन । जसले गर्दा यात्रुहरूले सास्ती खेप्ने मात्रै नभएर दुर्घटनाको जोखिम समेत बढेको छ । यात्रुहरु बढी कोचेको देखेर पनि ट्राफिकहरुले वास्ता गर्दैनन् । जसको मारमा यात्रुहरु परेका छन ।

सार्वजनिक सवारी साधनमा सिट भन्दा बढी यात्रु राख्दा कारवाही गर्ने प्रावधान हुँदा पनि त्यसो नगरीदा सवारी धनीको मनोमानी बढेको छ । क्षमता भन्दा बढी यात्रु चढाउने सार्वजनिक सवारी साधनलाई कारवाही गरिए त्यो समस्या समाधान हुन्छ भने यात्रुहरुलाई पनि यात्रामा सहजता आउनेछ । ट्राफिक प्रहरी कार्यालयले सवारी साधनको दुर्घटनामा कमी ल्याउन चेकजाँच मात्रै नभई सवारी साधनको नियमनलाई पनि ध्यान दिनुपर्दछ ।

नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाहीको दायरामा ल्याउने कार्य गरिनुपर्दछ । साना सवारी साधनमा बनाइएका अतिरिक्त सिट हटाइएको भएपनि प्रहरीको नियमित निगरानी नहुँदा क्षमता भन्दा बढी यात्रु चढाउने प्रवृत्ति रोकिएको छैन । यसको रोकथामका लागि सिट क्षमता भन्दा बढी यात्रु चढाउने सवारी साधनलाई कारबाहीको प्रकृयामा ल्याउन अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.