अनिताको जीवनरक्षा गर

मानिसका सम्पूर्ण अधिकारहरूलाई अंगीकार गर्नका लागि नेपालको संविधानले मौलिक हक सम्बन्धी व्यवस्था गरेको छ । सम्मानित जीवनको हक, स्वतन्त्रता सम्बन्धी हक, समानता, अविभेद, यातना विरुद्धको हक, फौजदारी न्यायको हक, न्यायिक उपचारको हक जस्ता नागरिक हक, राजनीतिक प्रकारका सङ्गठन खोल्ने जस्ता हक अधिकारहरू मौलिक हकमा उल्लेख छन् । सोही हक अन्र्तगत सम्मानपूर्वक र स्वस्थ रुपमा बाच्न पाउने अधिकार पनि उल्लेख गरिएको छ । कुनै पनि नागरिकले सम्मान पूर्वक बाच्न पाउनुपर्छ भन्ने उद्देश्यले उक्त हकको व्यवस्था गरिएको हो ।

maya metro hospital

तर, नेपालमा विभिन्न कारणले गर्दा नागरिकहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ । जसमा सबैभन्दा बढी आर्थिक अभाव देखिएको छ । आर्थिक अभावका कारण विभिन्न समस्याहरू सृजना हुँदा नागरिकहरूले आत्महत्या गर्नुपर्ने वा उपचारको बाटो नपाई अकालमै ज्यान गुमाउनुपर्ने अवस्था यहाँ सृजना भएका छन ।

आर्थिक अभावकै कारण अज्ञात रोगले थला परेकी कैलालीको गोदावरी नगरपालिका – ७ की १५ वर्षिया बालिका अनिता बिक पनि जीवन मरणको दोसाँधमा छिन् । बाच्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभावले उनलाई मृत्युको मुखमा पु¥याईरहेको छ । करिब ६÷७ वर्ष देखि अज्ञात रोगको सामना गरिरहेकी उनलाई अब त्यो हिम्मत छैन । घरको अवस्था एकदमै दयनीय भएका कारण उनले राम्रो सँग उपचार पाउन सकेकी छैनन्, जसका कारण टुलुटुलु मृत्युलाई पर्खिनु बाहेक उनीसँग अन्य विकल्प छैन ।

attariya hospital

देशमा तिन तहका सरकार छन । तर, उपचार नपाएकै कारण ज्यान गुमाईरहेका नागरिकहरूलाई बचाउन कुनै पनि सरकार अग्रसर छैनन् । पढ्ने चाहना हुँदाहुँदै, अन्य बालबालिका सरह स्वस्थ बनेर हिड्ने चाहना हुँदाहुँदै पनि उनले उपचार नपाएर आफ्नो जीवन त्याग्नुपर्ने अवस्था आइरहेको छ । एउटा कलिलो बालिकालाई उपचार दिएर बचाउन नसक्ने सरकारसँग अरु अपेक्षा गर्न सकिदैन ।

सरकारको मुख्य कर्तव्य भनेको नागरिकको जीवनरक्षा नै हो । तसर्थ जस्तो सुकै अवस्थामा रहेका भएपनि आफ्ना नागरिकहरूलाई बचाउने तिर सरकारले ध्यान दिनुपर्दछ । मुख्य गरी कुनै कलिलो बालबालिकाले आर्थिक अभावका कारण उपचार नै नपाई ज्यान गुमाउनु परिवारका लागि मात्रै नभई सिंगो राष्ट्रका लागि पीडादायी क्षण हुनेछ ।

तसर्थ अनिताको का लागि सरकारले तत्काल पहलकदमी गर्नुपर्दछ । उपचार नपाई छटपटिरहेका नागरिकहरूलाई निःशुल्क उपचार गर्ने कार्य सरकारले गर्नुपर्दछ । नागरिकहरूसँग एकदमै नजिक रहेको स्थानीय सरकारले त्यसको जिम्मेवारी लिनुपर्दछ ।

आर्थिक अभावकै कारण उपचार नपाई मृत्युको मुखमा पुगिरहेका अनिता जस्ता बालबालिकाहरूको उपचार गर्ने जिम्मेवारी सरकारले लिनुपर्दछ । बालबालिका मात्रै नभई कुनै पनि नागरिकले आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर मृत्यु अँगाल्नुपर्ने अवस्था आउनुहुँदैन । त्यसका लागि मुख्यगरी स्थानीय पालिका जिम्मेवार बन्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.