तिहारमा फूलको अपेक्षित व्यापार भएन

अत्तरिया – एक बिगाहा जग्गामा फूल खेती गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ का विष्णु बिक उत्पादन भएको ३० प्रतिशत फूल पनि बिक्री नहुँदा निरास छन । १० क्युन्टलको हाराहारीमा तिहारका लागि फूल उत्पादन गरेका विष्णुले तिहारमा ३ क्युन्टल मात्रै फूल बिक्री भएको बताए । बजारमा प्रतिस्पर्धा धेरै हुँदा फूलको बिक्री कम भएको उनको अनुमान छ ।

Karma Consultancy

‘यसपाला तिहारमा गत वर्षको जस्तो फूलको व्यापार भएन । उत्पादन जताजतै भएर बजारमा धेरै माग आएन’ उनले भने ‘३ क्युन्टल जति फूल बिक्री भएको छ । बाँकी फुल छठ र मङ्सिरको विवाहमा बिक्री हुने अपेक्षा गरेका छौ ।’ उनले आफूले कम मूल्यमा बिक्री नगरेकाले पनि फूल बिक्री कम भएको हुन सक्ने बताए । उनले तिहारमा बिक्री भएको फूलले लगानी पनि नउठेको बताए । उनले धनगढीमा फूलकै पसल राखेकाले अझै बिक्री हुने अपेक्षा लिएको बताए ।

citizen security services

‘तिहारकै अवसरमा धनगढीमा टीटी फ्लावर्स एण्ड गिफ्ट पसल सञ्चानल गरेको छु । त्यो पसलबाट उत्पादन भएका फूलको बजारीकरण गर्ने योजना बनाएको छु’ उनले भने ‘विवाहमा सजावटका काममा पनि फूलको खपत हुने अपेक्षा छ ।’

attariya hospital

कृष्णपुरकै कविन्द्र बमले पनि फूलमा अपेक्षित व्यापार नभएको बताए । कृष्णपुर नगरपालिका – ३ वाणीमा फूल खेती गरेका बमले ७ कठ्ठा बारीमा उत्पादन गरेको फूल बिक्री गरेपनि नाफा नभएको बताए । उनले बिक्री नभएर कम मूल्यमा फूल बिक्री गर्दा नाफा नभएको बताए ।

‘यस वर्ष फूलको व्यापारमा प्रतिस्पर्धा धेरै भयो । त्यसैमा भारतबाट पनि फूल भित्रिएका थिए’ उनले भने ‘फूल त ९५ प्रतिशत बिक्री भए । तर, नाफा भएन ।’ ६ क्युन्टल फूल उत्पादन गरेका उनले प्रतिकिलो ७५ रुपैयाँ देखि ३ सय सम्ममा बिक्री गरको बताए । उनले उपभोक्तामा अझै फूलको माला किन्नुपर्छ भन्ने बानीको विकास नभएर पनि बजार कम भएको बताए । ‘प्लास्टिकको माला प्रतिबन्ध लगाइएपछि लुकिछिपि बिक्री भइरहेको थियो । उपभोक्ताले पनि फूल भन्दा प्लास्टिकको माला किनिरहेका थिए’ उनले भने ‘प्लास्टिकको मालामा अझै कडाइ गरिदिनुपर्छ ।’ उनले उत्पादित फूल धनगढी, अत्तरिया, वाणी र झलारीको बजारमा पु¥याएको बताए । कर्म ५५५ जातको फूल खेती गरेका उनले प्रति बोटमा ४ केजी सम्म उत्पादन हुने गरेको बताए ।

धनगढीमा फूल खेती गरेका किसानहरूले भने बजारको धेरै समस्या भोग्नु नपरेको बताएका छन । धनगढी उपमहानरपालिका – १२ जुगेडामा फूल खेती गरेका आशुतोष जोशीले उत्पादित फूल तिहारमै बिक्री भएको बताए । उनले सबै फूल माला बनाएर बिक्री गरिएको बताए ।

धनगढी उपमहानगरपालिका – १७ धुर्जन्नामा फूल खेती गरेकी बसन्ती जोशीले पनि फूलको बिक्री गर्न समस्या नभएको बताइन । उनले १ कठ्ठा जग्गामा मात्रै फूल खेती गरेकी थिइन । धनगढीमै बढी क्षेत्रफलमा फूल खेती गरेका किसानले भने सबै उत्पादन बिक्री गर्न नसकेको बताएका छन । धनगढीमा फूलको बजारीकरणका लागि पनि उपमहानरपालिकाले सहजिकरण गरेको थियो । धनगढीका २ ठाउँमा फूलको बिक्री केन्द्र स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.