कालोबजारी नियन्त्रणका लागि अनुगमन जरुरी

चाडपर्वको सिजन चलिरहेको समयमा पनि व्यापारीहरु सन्तुष्ट बन्न सकिरहेका छैनन् । चाडपर्वमा राम्रो व्यापार हुने आशा राख्ने व्यापारीहरु विक्रि कम हुदाँ निराश छन । हिन्दुधर्मावलम्बीहरुको महान पर्व बडादशै सकिएर तिहार नजिकै पुगिसकेको छ । वडादशैमा हुन नसकेको व्यापार केही हदसम्म तिहारले उकास्छ की भन्ने सोचमा पुगेका व्यापारीहरुलाई तिहारले पनि साथ दिएको छैन ।

Karma Consultancy

तिहारलाई लक्षित गर्दै अहिले अत्तरिया मात्रै नभई, गोदावरी नगरपालिकाका दुर दुरका मानिसहरु पनि सामग्री खरिदका लागी छिमेकी मुलुक भारतको बनगाउँ बजारमा जाने गरिरहेका छन । दिनहुँ बनगाउँ बजारबाट सामग्री ओसार पसार गर्ने नेपालीहरुको घुँईचो नै लाग्ने गर्दछ । नेपाली बजारको भन्दा सस्तो मुल्यमा सामग्रीहरु पाईन थालेपछि यहाँका नागरिकहरु पनि बनगाउँ गएर सामग्री खरिद गर्ने गर्दछन ।

citizen security services

नेपाली बजारमा मुल्यवृद्धिका कारण व्यवसाय ठप्प छन । नेपालमा महंगी बढ्नुको कारण र यसको रोकथामका लागी कसैले पनि चासो देखाएका छैनन् । जसले गर्दा नेपाली व्यापारीहरुले सास्ती खेप्नुपरेको अवस्था छ । हुन त महंगीको एउटा कारण कालोबजारी पनि हो र, त्यो व्यापारीहरुले नै सृजना गरेका हुन्छन । कुनै वस्तुको मुल्य घट्दा व्यापारीहरुले सो बस्तुको आयात धेरै गरेर बजारमा भने उक्त वस्तुको अभाव सृजना गर्दछन । वस्तुको अभाव हुँदा माग बढ्न थालेपछि स्वतः मुल्य पनि बढ्न जान्छ । जब मुल्य बढ्छ तब व्यापारीहरुले उक्त वस्तुहरु विक्रि वितरण गर्ने गर्दछन । जसलाई कालोबजारी भन्ने गरीन्छ र यो रोग देशभर नै मौलाएको छ । जसका कारण दिनानुदिन महंगी बढीरहेको छ । देशभर ठुला ठुला व्यापारीहरुले यस्तो कालोबजारीहरु गर्ने गर्दछन, जसको मारमा उपभोक्ताका साथै साना साना व्यापारीहरु पनि परेका छन ।

attariya hospital

कालोबजारीकै कारण महंगी बढ्यो, जसले गर्दा नेपाली व्यापारीहरुले ग्राहक पाईरहेका छैनन । खुल्ला सिमानाकाका साथै कालोबजारीको नियन्त्रण गर्न सके देशको महंगीको समस्या पनि समाधान हुन सक्छ । नेपालीहरु दैनिक हजारौको संख्यामा सीमानाकामा रहेका भारतका बजारहरुबाट सामग्रीहरु खरिद गरिरहेका छन, जसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्रमा पनि परेको छ । त्यसैले नेपाली बजारमै नेपालीहरुलाई रोक्नका लागी महंगी रोक्न आवश्यक छ । जसको एक कारण कालोबजारी पनि भएकाले यस्तो विषयमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । कालोबजारी नियन्त्रणका लागि नियमित अनुगमन गर्न आवश्यक छ । अनुगमनले चाडपर्वका समयमा हुने अखाद्य वस्तुहरुको विक्रिलाई समेत रोक्न मद्दत पु¥याउछ । तसर्थ कालोबजारीको अन्त्यका लागि सरोकारवाला निकायले अनुगमनलाई नियमितता दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.