खाेज्नुहाेस

एकता प्रगतिशील सहकारीको साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ जमुनानगरमा रहेको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार संस्थाका अध्यक्ष सुरत बहादुर बोगटीको सभापतित्व तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टको प्रमुख आतिथ्यमा १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको वशिष्ठ अतिथिमा सुदूरपश्चिम रजिष्टार कार्यालय धनगढीका प्रतिनिधि देवराज पन्त, नेफ्स्कूनका प्रतिनिधि माधव जोशी रहेका थिए ।

attariya hospital
navjiwan hospital

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत सहकारीका अध्यक्ष सुरत बहादुर बोगटीले प्रस्तुत गरेका थिए भने आयव्यय प्रगति प्रतिवेदन संस्थाका सञ्चालक समिति सचिव रमेश बोगटीले प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७८/०८० मसान्तसम्म १ करोड ५६ लाख ६२ हजार रकम बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त कारोबारबाट संस्थाले ७ लाख ५० हजार २ सय ८२ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । १ करोड ६ लाख १५ हजार ४ सय शेयर पुँजी रहेको संस्थामा हालसम्म २ हजार ८ सय ६८ जना शेयर सदस्यहरू रहेका छन् ।

संस्थाले साधारण सभाको अवसर पारेर संस्थामा आबद्ध सदस्यहरू मध्ये उत्कृष्ट बचत कर्ता, असल ऋणी, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट समुह, ज्येष्ठ नागरिक लगायत विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरूलाई पुरस्कृत सँगै सम्मानित गरेको थियो ।