खाेज्नुहाेस

एमालेको सुदूरपश्चिम इन्चार्जमा भण्डारी

Image

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका २९९ केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ । पार्टीले पछिल्लो ‘अन्तर पार्टी निर्देशन–२’ (अपानि–२) जारी गर्दै केन्द्रदेखि प्रदेश, जिल्ला र पालिका तहसम्म नेताहरूको जिम्मेवारी तोकेको हो ।

navjiwan hospital

एमालेले आगामी दिनमा संगठन सुदृढीकरण, जनपरिचालन र पार्टी गतिविधिलाई प्रभावकारी बनाउन ‘मिसन पार्टी जागरण’ अभियानलाई तीव्र रूपमा सञ्चालन गर्ने रणनीति अघि सारेको जनाएको छ । सोही अभियानलाई सफल बनाउन केन्द्रीय सदस्यहरूलाई विभिन्न भूगोल र संगठनात्मक जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।

attariya hospital

कार्यविभाजनअनुसार प्रदेश इन्चार्जहरूको जिम्मेवारी समेत तोकिएको छ । जसमा छविलाल विश्वकर्मा लाई लुम्बिनी प्रदेश, खगराज अधिकारी लाई गण्डकी प्रदेश, यामलाल कँडेललाई कर्णाली प्रदेश, शेरधन राईलाई कोशी प्रदेश, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश, महेश बस्नेतलाई बागमती प्रदेश तथा दामोदर भण्डारी लाई सुदूरपश्चिम प्रदेश को इन्चार्जको जिम्मेवारी दिइएको छ ।