चाडपर्वमा संस्कृति नहराओस् (सम्पादकीय)

हिन्दु धर्मावलम्बीहरूका महान पर्वहरूको माहोल यतिबेला व्याप्त छ । केही दिन अघि सकिएको बडादशैँ र आँउदै गरेको तिहारले धर्मावलम्बीहरूको धार्मिक मान्यताको प्रतीकलाई उजागर गर्ने गर्दछन् । बडादशैँ माता दुर्गाका रुपमा पुज्ने गरिन्छ भने तिहारमा विशेष गरी लक्ष्मीको पूजाआजा गरिन्छ । हिन्दु धर्मावलम्बीहरूका लागि तिहारको महत्व बढी छ । हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्वको रुपमा तिहारलाई लिने गरिन्छ । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीका सम्म (पाँच दिन) मनाइन्छ ।

maya metro hospital

पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दु धर्मावलम्बीले दीपावली (दिवाली) को रूपमा यस पर्वलाई धूमधाम साथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको किंवदन्ती छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरि जयन्ती वा धनतेरश पनि भनिन्छ ।

joshi vada pasal 2

यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्यु देव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास रहेको छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्प मृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

तर पछिल्लो समय तिहारमा विकृति मौलाउदै गएको छ । तिहारमा खेलिने देउसीले त संस्कृतिलाई नै विस्थापित गरिसकेको छ । पछिल्लो समयमा युवायुवतीहरूले देउसीमा विभिन्न विकृतिहरू भित्र्याउँदा यसको परम्परागत संस्कृति लोप भैरहेको छ ।

युवाहरूले ठूलाठूला डिजेको तालमा नृत्य गर्दै देउसी भैलो माग्ने गर्न थालेका छन । तिहार धार्मिक मूल्य मान्यता बोकेको पर्व हो । यसमा पाँच दिनसम्म विभिन्न देवदेवताहरूको पूजाआज गर्ने गरिन्छ । तसर्थ यसको महत्व कम हुने किसिमका क्रियाकलापहरूको नियन्त्रण गर्न जरुरी छ । चाडपर्वका नाममा भित्र्याइएका पश्चिमा संस्कृतिहरुले पर्वको मौलिकता नगराओस्, संस्कृति नहराओस् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.