खाेज्नुहाेस

सयपत्री, मखमली मालाको प्रयोग बढाऔं

Image

नेपालीहरुको दोस्रो महान पर्व तिहार नजिकिएको छ । तिहारमा खासगरी दिदीबहिनीले दाजूभाईलाई सप्तरंगी टिकासँगै सयपत्री र मखमलीको माला लगाइदिने गर्दछन् । तिहारको चहलपहल सुरु भएसँगै बजारमा विभिन्न किसिमका प्लास्टिकका फूलमालाहरु बिक्रिमा राख्ने गरिन्छ । खेती गर्ने जग्गाजमिनको कम र बस्ती स्थानान्तरणका कारण आजभोलि आफैले लगाएको सयपत्री र मखमलीको माला भन्दा पनि कृतिम तरिकाबाट बनाइएको माला बजारमा देख्न सकिन्छ ।

तिहार नजिकिएसंगै व्यापार गर्न आउनेहरुको संख्या पनि वढ्दो छ । सडकको किनारमा भारतबाट आएका व्यापारीहरु प्लाष्टिकका माला लिएर व्यापार गर्ने गर्दछन । भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरङ्गी टीका र गलाभरि माला पहिरिएर हिड्दा तिहार फूलकै पर्व हो भन्ने गरिए पनि अहिले फुलको विकल्पको रुपमा प्लाष्टिकका माला वजारमा आएका छन । सयपत्रीको विकल्पमा प्लास्टिकको माला प्रयोग गर्ने क्रम वर्षेनी बढ्दो छ ।

attariya hospital
navjiwan hospital

पछिल्लो समयमा प्राकृतिक फूलको महत्वलाई बिर्सदै गएकाले पनि भारतबाट भित्रिएको बनावटी प्लाष्टिकको मालाले स्थान जमाउन थालेको छ । तिहारलाई लक्षित गरी ब्यापारीहरुले प्लाष्टिकका माला भारतबाट ल्याउने गर्दछन । प्लाष्टिक स्वास्थ्यका लागि हानिकारक भएपनि तिहारको समयमा मात्रै भारतबाट करोडौ मुल्यका प्लाष्टिक मालाहरु नेपाल भित्रिने गर्दछन ।

मखमली कहिल्यै ओइलाउदैंन, सयपत्रीको रंग कहिल्यैँ उडेर जाँदैन भने दुबो सधैं हरियो रहन्छ भन्ने पौराणिक कथन छ । यसरी आफ्ना दाजु भाइको सम्बन्ध सयपत्री, मखमली र दुबोको माला जस्तै होस् भन्दै कामना गर्दै दिदीबहिनीले सप्तरंगी टिका लगाउने चलन आजसम्म कायमै छ ।

सप्तरंगी टिकामा भावना मिसिँदा शान्ति वर्षिन्छ, दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भइरहने विश्वास भएपनि बनावटी प्लाष्टिकको मालाका कारण भाइटिका मनाउने संस्कार बिर्सदै गएको पाइन्छ । तर आउँदो तिहारमा मखमली र सयपत्रीले दाजुभाईका गलाहरु सजिँउन । प्लाष्टिकबाट बनेका मालाहरु निषेध गरी आफ्नै माटोमा उत्पादन हुने मखमली र सयपत्रीको व्यापार फस्टाओस । तिहारको सबैमा शुभकामना ।।