सिलगढीको खानेपानीमा कोलिफम भेटियो

डोटी – डोटी सदरमुकाम सिलगढीका उपभोक्ताले प्रयोग गर्ने खानेपानीमा कोलिफम (दिशाको कीटाणु) भेटिएको छ । स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा पानीको मुहान देखि उपभोक्ताको घर सम्मका ७ वटा नमुनामा कोलिफम भेटिएको हो । स्वास्थ्य कार्यालय डोटीले सिलगढीमा आउने पानी अत्यधिक धमिलो हुनुका साथै कोलिफम भेटिएको जनाएको छ ।

maya metro hospital

स्वास्थ्य कार्यालय डोटीका ल्याब असिस्टेन्ट निर्मल ओझाले पानीको मुहान मछेन्तोलामा ३, खानेपानी ट्याङ्की सिलगढी ३, धारामा २ र गाग्रीमा १ कोलिफम भेटिएको बताए । यस्तै पानीमा धमिलोपन मछेन्तोलामा ३५, ट्याङ्कीमा २०, धारामा १५ र गाग्रीमा १३ देखिएको उनले बताए ।

joshi vada pasal 2

‘जनावर वा मान्छे कसको दिशा हो भन्ने पहिचान भएको छैन’ ल्याब असिस्टेन्ट ओझाले भने ‘दिशा के को हो हामी छुट्टाउन सक्दैनौँ तर पानीमा दिशाका कीटाणु छ ।’

सिलगढीमा आउने पानीमा कोलिफम देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले पुष्टि गरे । उनले भने ‘हामी कोलिफमको मात्र बढ्ने बित्तिकै क्लोरिन हाल्ने गरेको छौँ कीटाणु मान्छेको नभई बस्तुभाउ र जङ्गली जनावरको हुन सक्छ ।’ पानीमा कोलीफमका कारण झाडापखाला, हैजा तथा विभिन्न प्रकारको रोगहरूको सङ्क्रमण हुने खतरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.