खाेज्नुहाेस

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

Image

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइन्छ।

navjiwan hospital

सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसंघको महासभाको ७४ औँ सत्रले यो दिवस मनाउने निर्णय पारित गरेको थियो। युनेस्कोको सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो।

godawari nagarpalika dadhelo
attariya hospital

जुलाई २०११ मा, संयुक्त राष्ट्र संघीय मानव अधिकार समितिले सूचनामा पहुँचको अधिकार अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्सा हो भन्ने विषयलाई स्वीकार गरेको थियो।

युनेस्कोले यो वर्षको दिवसका लागि ‘सूचनामा पहुँचका लागि अनलाइन स्पेसको महत्त्व’ भन्ने नारा तय गरेको छ। यही विषयवस्तुमा केन्द्रित रहेर सूचना आयोगले पनि ‘अनलाइन स्पेस र सूचनाको हक : अवसर र चुनौती’ विषयक राष्ट्रिय गोष्ठीको आयोजना गर्दैछ।