प्रदीप मलासी, बझाङ – बझाङका दुई पालिकामा पोषण संवाद कार्यक्रम आयोजना गरिएको छ । वल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा जनपृथ्वी नगरपालिका, केदारस्यू गाउँपालिकाको समन्वयमा प्रगतिशील युवा समाज र दलित सहयोग समाजको आयोजनामा पोषण संवाद कार्यक्रम आयोजना गरिएको हो ।
पोषण संवाद तथा छलफल कार्यक्रमले सबैका लागि पोषणमा सुधार ल्याउने भन्दै जरुरी र शक्तिशाली उपायहरूको अर्थपूर्ण छलफल तथा खोजी गर्न विभिन्न सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको छ ।


कुपोषणको सबैभन्दा बढी जोखिममा रहेका समुदायहरू महिला र बालबालिकाको पोषणमा कुनै कार्यले सबैभन्दा ठुलो प्रभाव पार्छ भन्ने कुराको स्थानीय, राष्ट्रिय वा विश्वव्यापी छलफलहरूमा विरलै मात्र समावेश हुने गर्दछ । त्यसैले, सन २०२५ का प्रमुख पोषण माइलस्टोनहरू (महत्त्वपूर्ण चरणहरू) अगावै जोखिममा रहेका वर्गको आवाज, निर्णय गर्ने क्षमता भएका व्यक्तिहरूसम्म पुगोस् भन्ने सुनिश्चित गर्न वल्र्ड भिजन इन्टरनेसनल नेपाल र एसडी फाउन्डेसन ले सन २०२४ मा पोषण संवाद पहलको सुरुवात गरेको थियो । यस पोषण संवादको उद्देश्य न्यून आय भएका क्षेत्रहरूमा महिला र बालबालिकाको उचित पोषण सुनिश्चित गर्न देखिएका चुनौतीहरूमा ध्यान केन्द्रित गर्नु हो । साथै, यस स्थितिमा सुधार ल्याउन ती वर्ग र विभिन्न सरोकारवालाहरूको दृष्टिकोण बुझ्नुका साथै अझ बढी महत्त्वाकाङ्क्षी, प्रभावकारी र जबाफदेही कदमहरू चाल्न प्रोत्साहित गर्नु यसको मुख्य ध्येय रहेको छ ।


सोमवार जनपृथ्वी नगरपालिका बझाङका प्रमुख चेतराज बजालको अध्यक्षतामा सञ्चालित कार्यक्रम स्वागत मन्तव्य सहित कार्यक्रमको महत्त्व प्रकाश पार्नु हुँदै वल्र्ड भिजन ईन्टरनेशनल नेपाल बझाङका प्रमुख मेनका सिंहले बालबालिका र महिलाको अवस्थालाई गम्भीर ध्यानमा राखी संस्थाले आगामी योजनाका रूपमा यो संवाद गर्नु परेको बताए । कार्यक्रममा बोल्दै सभाका अध्यक्ष तथा जनपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले पोषणयुक्त खानाको कम प्रयोग र समयमै नखानुले मानिस मानिसहरूमा कुपोषण हुन लागेको बताए ।
खान नपाउनु र आवश्यकता भन्दा बढी खानुले मानव जीवनमा पोषणको महत्त्व पुष्टि हुन नसकेको प्रमुख बजालको भनाई छ ।

उक्त कार्यक्रममा २ चरणमा संवाद गरिएको थियो । पहिलो चरणमा वल्र्ड भिजन इन्टरनेशनल नेपालको कार्यक्षेत्रका बालबालिका हरू सँग छलफल गरिएको थियो भने दोस्रो चरणमा कार्यक्षेत्रका, महिला स्वास्थ्य स्वयंसेविका, कृषक समूह, व्यवसायी, वाल सञ्जाल, पालिकाका जनप्रतिनिधि तथा विभिन्न विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार हरू सँग संवाद कार्यक्रम गरिएको थियो । वल्र्ड भिजन इन्टरनेश्नल नेपालले एक महत्त्व पूर्ण पाटोको रूपमा पोषण संवादलाई लिइएको छ । उक्त कार्यक्रममा हाम्रो समुदायमा विद्यमान पोषण चुनौतीहरू र पोषण सुधारका लागि गर्न सकिने पहलका बारेमा छलफल भएको थियो ।
















