खाेज्नुहाेस

अत्तरियाबाट थप एक किलो चरेस बरामद

Image

अत्तरिया – कैलालीको अत्तरियाबाट थप एक किलो चरेस बरामद गरिएको छ । आइतबार दिउँसो २ किलो चरेस बरामद गरेको प्रहरीले राती थप एक किलो २३६ ग्राम चरेस बरामद गरेको हो ।

navjiwan hospital

गोदावरी नगरपालिका–१ अत्तरिया स्थित धनगढी सडक खण्डबाट गोदावरी नगरपालिका २ का ३८ वर्षीय धर्म धामी पक्राउ परेका छन ।

godawari nagarpalika dadhelo
attariya hospital

इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

आइतबार दिउँसो गोदावरी नगरपालिका–१ अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट २ किलो ९५ ग्राम चरेस सहित २ जना पक्राउ परेका थिए ।