धनगढी – कैलालीमा एक पुरुषको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–१ मधुवन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको सोमवार डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

सोही ठाउँमा रहेको बरदान चटिया नाला (खोला) मा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले बताएको छ ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीबाट थप अनुसन्धान भइरहेको छ ।
















