डोटीमा कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन सूचना जारी

धनगढी – डोटीमा कृषिका एक कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस नै जारी गरिएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस नै जारी गएको हो ।

maya metro hospital

पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायब प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ । भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन् ।

उनलाई असोज ६ गते पुर्वीचौकी गाउपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएपछि स्पष्टीकरण मागिएको छ ।

attariya hospital

पालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेलका अनुसार भण्डारी कार्यक्रमको फेसबुक लाइभमा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.