मार्तडीमा पुग्यो अनुदानको चामल

बाजुरा – बाजुराको मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा अनुदानको चामल पुगेको छ । शनिवार पहिलो चरणमा मार्तडी डिपोमा २ सय क्विन्टल जिरा मसिनो चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले बताएका छन ।

maya metro hospital

बाजुराको खाद्य डिपोहरुमा नियमित आउने अनुदानको चामल ठेक्का प्रकृया पुरा नहुदै चामल सकिएपछि ढुवानी भाडा पछि स्विकृत हुने गरी तत्काल २ सय क्विन्टल जिरा मसिनो चामल बाजुरा पुगेको शाखा कार्यालय बाजुराका प्रमुखओझाले बताए । बाजुरा पुगेको २ सय जिरा मसिनो चामल प्रति किलो ९२ रुपैयामा बिक्रीहुने प्रमुख ओझाले बताए । बजारमा पाईने मसिना चामलको ९५ रुपैयामा पाइने गरेको छ ।

बाजुरकै हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्रि केन्द्रमा भने अझै चामल पुग्न सकेको छैन । कोल्टी डिपोमा भने ५ सय क्विन्टल मौजात चामल रहेको बताइएको छ ।

attariya hospital

मार्तडीमा रहेको शाखा कार्यालयमा आवश्यकअनुसार थप चामल आउने र अन्य बिक्रि केन्द्रमा भने ठेक्का प्रक्रिया पुरा भएपछि मात्र चामल ढुवानी हुने बताईएको छ । ठेक्का प्रकृयाको अहिलेसम्म कुनै टुंङ्गो नभएको पनि प्रमुखओझाले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.