बैतडीबाट बारुद र बन्दुकसहित एकजना पक्राउ

बैतडी – बारुद र भरुवा बन्दुकसहित बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाँउपालिका–१ रिमका ४५ वर्षीय विष्णुसिंह साउद रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

maya metro hospital

सोही गाउँपालिका–२ मल्लाढिकबाट पक्राउ परेका साउदको साथबाट एक नाले भरुवा बन्दुक र ७१० ग्राम बारुद पनि बरामद गरिएको छ । गोप्य सूचनाको आधारमा प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र बारुदसहित पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका साउदमाथि हातहतियार तथा खरखाजना सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.