रोकिएका पर्यटकले पाए रामारोशन जान अनुमति

अछाम – रामारोशन घुम्न आउँदा स्थानीय प्रशासनद्वारा बाटैमा रोकिएका विभिन्न देशका पर्यटकलाई गृह मन्त्रालयले सर्तसहितको अनुमति दिएको छ । रोकिएपछि अलपत्र विदेशीका टोलीलाई बुधबार गृहमन्त्रालयले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई नरोक्न निर्देशन दिएको हो ।

maya metro hospital

२५ भन्दा बढी मुलुकका पर्यटक कम्तीमा एक महिना बस्ने उद्देश्यले गत साता नै अछामको सीमामा पुगेका थिए । लामो समय रामारोशन क्षेत्रमा धेरै संख्यामा बस्ने भएपछि सरकारका विभिन्न तहबाट अनुमति ल्याएर आए मात्रै उनीहरुको उद्देश्यअनुसार छाड्न सकिने भन्दै स्थानीय प्रशासनले बाटैमा रोकेको थियो ।

अछामको पूर्वी सीमा बेलखेत, पश्चिम चौखुट्टे र जयगढ बजारमा पुगेका २ सय ५० जना विदेशीलाई बुधबार पर्यटकीय क्षेत्र रामारोशनमा जाने अनुमति दिइएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठले बताए । पर्यटकले गैरकानुनी क्रियाकलाप गरेको पाइएमा तत्काल पक्राउ गरेर कारबाही गरिने उनले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.