डडेल्धुरामा बलात्कार आरोपमा तीनजना पक्राउ, एक जना फरार

डडेल्धुरा – डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

maya metro hospital

जिल्लाको भागेश्वर गाउँपालिका–३ का तिन युवकलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । २० वर्षीया युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरूमाथि गत वैशाख ५ गते र १२ गते युवतीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ ।

attariya hospital

आरोप लागेका थप एक जना १८ वर्षिय युवक भने फरार रहेको र उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.