राष्ट्रिय विज्ञान दिवस- २०८० सोमबार मनाइँदैछ। दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता: सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ।

नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ मंसिर ८ गते निर्णय गरी हरेक असोज १ का लागि दिवस मनाउने तय गरेको थियो।
