बाढी बिमा पाएपछि गोदावरीका किसान दङ्ग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ मजगाउँकी पवित्रा चौधरीले २ कठ्ठा जमिनमा धान रोप्ने बितीकै ५०४ रुपैयाँ तिरेर बाढी बिमा गरेकी थिइन् । खुटिया नदीको जोखिम क्षेत्रमा रहेको उनको खेतमा अहिले धान बाली हुर्किरहेको छ । तर, उनले बाढी बिमा गरे बापत बाढीको सूचकाङ्कका आधारमा हालसम्म क्षतिपुर्ती बापत २ पटक गरेर १ हजार ८ सय रुपैयाँ पाइसकेकी छिन ।

maya metro hospital

उनले असार १४ गते खुटिया नदीमा आएको बाढीले ४.५३ मिटर पानीको मापन भएपछि १० प्रतिशत क्षतिपुर्ती बापत ७२० रुपैयाँ पाएकी थिइन् भने साउन २३ गते पुनः खुटिया नदीमा ५ दशमलव ४२५ मिटर पानीको मापन भएपछि २५ प्रतिशत क्षतिपुर्ती बापत १ हजार ८० रुपैयाँ पाइसकेकी छिन ।

joshi vada pasal 2

धान बाली भित्र्याउन नपाउँदै बाढीका कारण धान बालिमा भएको क्षति वापत सहकारीको खातामा रकम जम्मा भएपछि उनी अहिले दङ्ग छिन । ‘विगतका वर्षहरूमा धान बाली बाढीले नष्ट गर्दा पनि क्षतिपुर्ती पाइने गरेको थिएन’ उनले भनिन् ‘सरकारले क्षतिपुर्ती दिने भनेपछि निकै झन्झटिलो प्रक्रिया हुन्थ्यो । अहिले बाढी बिमा गरेपछि  क्षति पुग्ने बितीकै खातामा पैसा आइरहेको छ ।’

खुटिया नदीको बाढी प्रभावित क्षेत्र गोदावरी नगरपालिका – ८ र ९ मा यसै वर्ष देखि सूचकाङ्कका आधारमा बाढी बिमा कार्यक्रम लागू भएपछि हाल सो क्षेत्रका २३१ घरधुरीका किसान लाभान्वित भएका छन ।

युएसएआइडी तयार नेपाल परियोजनाको आर्थिक सहयोगमा सञ्चालित सूचकाङ्कका आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत स्टोनस्टेप, प्राक्टिकल एक्सन, शिखर इन्सुरेन्स सँगको साझेदारीमा गोदावरी – ८ मा रहेको एकता प्रगतिशील सहकारीले पाइलट परियोजनाका रुपमा धान बालिमा बाढी बिमा गरेको हाे ।

गोदावरीमा पहिलो पटक लागू भएको उक्त परियोजना खुटिया नदीमा पानीको मापन गर्न जडित जलमापन केन्द्रको तथ्याङ्कलाई आधार मानेर किसानलाई क्षतिपुर्ती दिने गरिएको छ ।

यस परियोजना अन्तरगत किसानको बाढी बिमाको प्रिमियम एकता प्रगतिशील सहकारीको खाता मार्फत तिरिन्छ भने सोही खातामा क्षतिपुर्ती बापतको रकम पनि उपलब्ध हुने गरेको छ ।

जसअन्तरगत नदीमा साढे ४ मिटर देखि ५ मिटर पानीको मापन भए १० प्रतिशत, ५ देखि साढे ५ मिटर पानीको मापन भए २५ प्रतिशत, साढे ५ देखि ६ मिटर पानीको मापन भए ६५ प्रतिशत र ६ देखि माथि मापन भए १०० प्रतिशत क्षतिपुर्ती भुक्तानी गर्ने मापदण्ड तय गरिएको परियोजनाको साझेदार संस्था एकता प्रगतिशील सहकारीका ऋण विभाग प्रमुख लक्ष्मण बोगटीले बताए । उनले परियोजना कार्यान्वयनका लागि सहकारीले सेयर सदस्य मार्फत किसानहरूलाई बाढी बिमाका बारेमा जानकारी दिने गरेको बताए । यस बिमा कार्यक्रम अन्तरगत थप ५० रुपैयाँ तिरेमा किसानको २ लाख सम्मको दुर्घटना बिमा गरिने उनले बताए ।

raunak fals and silling

बिमा शुल्क उत्पादन लागतका आधारमा ७ प्रतिशत कायम गरिएको उनले बताए । जसअन्तरगत एक कठ्ठामा बाली उत्पादन लागत ३ हजार ६ सय कायम गरी २५२ रुपैयाँ बिमा प्रिमियम तोकिएको छ । बाढीको सूचकाङ्कका आधारमा बिमा दावी भुक्तानी गरिने भएकाले किसानको खातामा क्षतिपुर्ती बापतको रकम ७ देखि १० दिन भित्रमै जम्मा हुने गरेको ऋण विभाग प्रमुख बोगटीले बताए ।

हालसम्म बाढी बिमा बापत सो क्षेत्रका किसानले असार १४ गते आएको बाढीका कारण भएको १० प्रतिशत क्षतिपुर्ती बापत १ लाख ५० हजार २४६ र साउन २३ गते आएको बाढीको थप १५ प्रतिशत क्षतिपुर्ती बापत २ लाख २५ हजार ३६९ रुपैयाँ गरी हालसम्म किसानले २५ प्रतिशत क्षतिपुतीको ३ लाख ७५ हाजार ६१५ रुपैयाँ पाइसकेका छन । २३१ घरधुरीमा ४१७.३५ कठ्ठा क्षेत्रफलमा बाढी बिमा गराए बापत शिखर इन्सुरेन्सले १ लाख १६ हजार ७२२ रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको थियो ।

१ कठ्ठा धानबालीको बाढी बिमा गरेका कैलालीको गोदावरी नगरपालिका – ९ मुरकट्टिका दल बहादुर रानाले बाढीको जोखिममा रहेका किसानका लागि बाढी बिमा कार्यक्रम निकै लाभदायक भएको बताए । उनले आफूले डेढ बिगाहा जग्गामा धान खेती गरेको भएपनि पहिलो वर्ष परीक्षणको रुपमा १ कठ्ठा बालिको मात्रै बाढी बिमा गरेको बताए । ‘बिमा गरेपछि रकम भुक्तानी पाउनको लागि झन्झटिलो हुन्छ की भनेर मैले २५२ रुपैयाँ तिरेर १ कठ्ठाको मात्रै बाली बिमा गरेको थिए’ उनले भने ‘यसमा कुनै झन्झट नहुँदो रहेछ । खोलामा बाढी आएपछि क्षतिका आधारमा खातामा पैसा आउँदो रैछ ।’ उनले अघिल्लो बर्ष पुरै बालिको बाढी बिमा गर्ने बताए ।

गोदावरीमा बाढी बिमा कार्यक्रम पहिलो पटक संचालन भएको हो । कर्णाली नदीको तटीय क्षेत्रमा परियोजना सफल भएपनछि गोदावरीको खुटिया तटीय क्षेत्रमा यस वर्ष देखि परियोजना लागू भएको थियो ।

शनिबार आयोजित सूचकाङ्कमा आधारित बाढी बिमा परियोजनाको समीक्षा बैठकमा बोल्दै वडा नम्बर ९ का वडाध्यक्ष रामलाल रानाले कार्यक्रमबाट बाढीको जोखिममा रहेका किसान निकै लाभान्वित भएको बताए ।

उनले बाढी बिमाका लागि किसानले तिर्ने प्रिमियममा अनुदान दिन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । उनले किसान बाढी बिमा मार्फत धान बालिमा भएको क्षतिबापतको रकम पाएर निकै खुसी भएकाले यस कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए । वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरीले बाढी बिमाबाट वडाका किसानले फाइदा लिएकाले यसका बारेमा सबैलाई जागरुक गराउनु पर्ने बताए ।

एकता प्रगतिशील सहकारीका अध्यक्ष सुरत बहादुर बोगटीले सहकारीको साँझा मर्म भनेकै हरेक संस्था सँग सहकार्य गरेर त्यसको प्रतिफल किसानले पाओस भन्ने भएको बताए । उनले सोही उद्देश्यका साथ सहकारी मार्फत बाढी बिमा कार्यक्रम लागू गरिएकाले यसबाट किसानले फाइदा लिनुपर्ने बताए ।

शिखर इन्सुरेन्स धनगढीका प्रमुख डिल्ली राज शर्माले यसअघि कर्णाली तटीय क्षेत्रमा बाढी बिमाको काम गर्दा ३५ लाख किसानलाई भुक्तानी गरिएको बताए । उनले बाढी बिमा कार्यक्रम किसानका लागि निकै लाभकारी भएको बताए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.