बैतडी –डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले स्थित लिसा कम्पनी नजिक भिमदत्त राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका – २ ढुंगेलीका ५८ बर्षीय खगेन्द्र पन्तको मृत्यु भएको हो ।


पन्तले चलाएको से. ५ प. २८०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई गएराति डेढ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

पन्त अमरगढी नगरपालिका वडा नं १ मा सचिव पदमा कार्यरत रहेका थिए ।
