धनगढी – पहिरोसँगै खसेको ढुंगा टाउकोमा लागेर डडेलधुराका १७ वर्षीय किशोरको मृत्यु भएको छ । डोटीको दिपायलबाट मोटरसाइकलमा डडेलधुरा फर्किरहेका १७ बर्षीय राकेश ऐरको गन्यापधुरा–२ रडुवा खोलानजिकै आएको पहिरोको ढुंगा लागेर मृत्यु भएको हो ।

महेन्द्र माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत ऐरको डडेल्धुरा अस्पतालमा उपचार हुन नसक्दा धनगडीमा रिफर गरिएको थियो । मोटरसाइकल पछाडि बसेका ऐरको आइतबार बिहान मृत्यु भएको हो ।

म १ प ८८३० नम्बरको मोटरसाइकल चालक नरेन्द्र पनेरु भने सकुशल रहेको डडेलधुरा प्रहरीले जानकारी दिएको छ ।