अत्तरियामा विषादी परीक्षण गर्ने कार्यालय ४२ दिनदेखि बन्द

अत्तरिया – कैलालीको अत्तरियामा तरकारी तथा फलफूलको विषादी परिक्षण गर्ने विषादी अवशेष दु्रत विश्लेषण इकाई कार्यालय ४२ दिन देखि बन्द रहेको छ । कार्यालयमा तरकारी तथा फलफूलमा भएको विषादीको मात्रा परीक्षण गर्ने किट उपलब्ध नभएपछि कार्यालय बन्द भएको हो । अत्तरियाको कृषि उपज थोक बजार भित्र रहेको उक्त कार्यालयले यसअघि दैनिक ५ देखि १० वटा तरकारी तथा फलफूलका नमूना परीक्षण गर्दै आएकोमा परीक्षण किट सकिएपछि काम रोकिएको कार्यालयका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताएका छन ।

Karma Consultancy

उनका अनुसार कार्यालयको ल्याबमै अन्तिम पटक साउन १२ गते तरकारीका ६ नमूना परीक्षण गरिएका थिए । जसमा एक तरकारीको नमूनामा खान नमिल्ने विषादीको मात्रा फेला परेको थियो । सल्यानबाट ल्याइएको भेडे खुर्सानीमा रेड लेबलको विषादी भेटिएपछि नष्ट गरिएको थियो ।

citizen security services

त्यसपछि परीक्षण गर्नको लागि किट नभएकाले कार्यालय नै बन्द गरिएको प्राविधिक भट्टले बताएका छन । उक्त कार्यालय क्वारेण्टिन कार्यालय गड्डाचौकीमा कार्यरत बाली संरक्षण अधिकृत प्रमोद ठगुन्नाले थप जिम्मेवारीका रुपमा हेर्ने गरेका छन । उनी हाल तालिमका लागि विदेशमा रहेका छन । कार्यालयमा एक जना प्राविधिक र सहयोगी करारमा नियुक्त गरिएका छन ।

attariya hospital

करारका कर्मचारीको पनि चालु आर्थिक वर्षमा नियुक्ति थप नगरिएकाले प्राविधिक भट्टले बताए । ‘कार्यालयमा हामीले तरकारी तथा फलफूलको नमूना संकलन गरेर विषादी परीक्षण गर्दै आएका थियौ । साउन १२ गते किट नै सकिएपछि हामी कार्यालयमा गएर पनि काम भएन’ उनले भने ‘नयाँ आर्थिक वर्षमा हाम्रो नियुक्ति पनि थप गरिएको छैन । नियुक्ति थपिने जानकारी दिइएपछि लामो सयम सम्म टुङ्गो नलाग्दा के हुने हो भन्ने हामी पनि अन्योलमा छौ ।’

belauri nagarpalika

हाल किट र कर्मचारी अभावका कारण क्वारेण्टिन कार्यालय गड्डाचौकी र टुरमुकाम धनगढीको कार्यालयमा पनि विषादी परीक्षण रोकिएको छ । यी कार्यालयहरूमा कार्यरत स्थायी कर्मचारी विदेश तालिममा गएका छन भने करारका कर्मचारीको नियुक्ति थप गरिएको छैन् । जसका कारण हाल भारतबाट तरकारी फलफूलको आयात पनि यि नाकाबाट हुन सकेको छैन ।

अत्तरियामा नेपालमै उत्पादित तरकारी फलफूलमा विषादीको परीक्षण गरिदै आएको थियो । अघिल्लो आर्थिक वर्षमा यस कार्यालयले २ हजार ५३२ तरकारीका नमूनाको विषादी परिक्षण गरेको थियो । जसमा ८ नमूनामा ग्रीन र येलो लेबलको विषादीको मात्रा भेटिएकाको थियो भने १३ नमूनामा प्रयोग नै गर्न नमिल्ने विषादीको मात्रा भेटिएकाले नष्ट गरिएको थियो ।

प्राविधिकका अनुसार ३५ भन्दा तल विषादीको मात्र भेटिए ग्रीन लेबल, ३५ देखि ४५ प्रतिशत विषादीको नमूना भेटिए येलो लेबलमा राखिने गरिन्छ । यस्तो तरकारी केही दिन होल्ड गरेर पुनः परिक्षण गरी प्रयोग गर्न सकिन्छ । ४५ प्रतिशत भन्दा माथी विषादीको मात्रा भेटिएमा भने सिधै नष्ट गर्ने गरिएको छ । अत्तरियामा विषादी अवशेष दु्रत विश्लेषण इकाइले परीक्षण गर्दा छ्यापछ्याप्ती विषादी युक्त तरकारी तथा फलफूल भेटिएपनि हाल उक्त कार्यालयको सेवा नै बन्द हुँदा विषादीयुक्त तरकारी उपभोक्ता सम्म पुग्ने जोखिम बढेको छ ।

कृषि उपज थोक बजार व्यवस्थापन समिति अत्तरियाका अध्यक्ष नन्दलाल भट्टले बजारमा विषादी परीक्षण रोकिएपछि विषादीयुक्त तरकारी उपभोक्ताको घरमा पुग्ने जोखिम बढेको बताए ।

उनले संघीय सरकार मातहत रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाई कार्यालयमा बजेट शून्य गरिएपछि काम रोकिएको बताए । उनले आन्तरिक बजारको विषादी परीक्षणको लागि देशभरी खोलिएका ७ वटै कार्यालय हाल बन्द अवस्थामा रहेको बताए । विषादी अवशेष दु्रत विश्लेषण इकाई कार्यालय हाल अत्तरियाको कृषि उपज थोक बजारकै भौतिक संरचना प्रयोग गरी सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.