धनगढीका निजी अस्पतालले डेंगु परिक्षणका लागि महंगो शुल्क लिदैं

धनगढी – सुदूरपश्चिममा केही समययता डेंगुुको प्रकोप बढ्दै गएको देखिन्छ । विशेषगरी, कैलाली, कञ्चनपुर र दार्चुलामा डेंगुको प्रकोप बढिरहेको छ । हालसम्मको तथ्यांक हेर्दा प्रदेशभर अहिलेसम्म ६३५ जनामा डेंगुको संक्रमण भइसकेको देखिएको छ ।

maya metro hospital

यो महिनाको मात्र तथ्यांक हेर्दा बुधबारसम्म ३०८ जनामा संक्रमण देखिएको छ । यसले गर्दा संक्रमण तीव्ररूपमा फैलिरहेको देखिन्छ । हालसम्मको तथ्यांकले सबैभन्दा बढी कैलालीमा संक्रमित रहेको र सबैभन्दा न्यून एक जना बैतडीमा रहेको देखाएको छ ।

यस्तो महामारीको समयमै धनगढीका निजी अस्पतालले भने मौकामा चौका हान्न खोजेका छन् । धनगढीका निजी अस्पतालले सेवाग्राहीबाट डेंगु परीक्षणको मात्रै चर्को शुल्क लिने गरेका छन् ।

attariya hospital

धनगढीको सेती प्रादेशिक अस्पतालले डेंगु परीक्षण गरेको ५ सय रुपैयाँ लिने गरेको छ । डेंगु परीक्षणमा प्रयोग गरिने कीट पनि करिब ३०० सम्मको मूल्यमा पाइने बताइन्छ । तर, धनगढीका निजी अस्पतालले भने महामारीकै बेला डेंगु परीक्षणको दोब्बर मात्र होइन, तेब्बरसम्म शुल्क लिने गरेको पाइएको छ ।

निजी अस्पतालले डेंगु परीक्षाणको २ हजार शुल्क लिइरहेका छन ।

यसरी निजी अस्पतालले चर्को शुल्क असुल्दा सेवाग्राही भने महामारीकै समयमा ठगिन थालेका छन् । यस्तो प्रकारको ठगी नियन्त्रण तथा यी अस्पताललाई नियमन गर्ने निकाय भने सुतेजस्तै गरेको सेवाग्राहीको गुनासो छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पालिकाबाट अनुमति पाएका÷नपाएका र प्रदेश मातहत सञ्चालनमा रहेका अस्पतालको अनुगमन नहुँदा समस्या आएको बताए । उनका अनुसार प्रदेशको स्वास्थ्य निर्देशनालयले अनुगमन नै गरेको छैन, यस्तै, धनगढी उपमहानगरपालिकाले पनि अनुगमन नगर्दा यस्तो दुःखद परिस्थिति आएको हो ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.