खाेज्नुहाेस

गोदावरीमा राजधानी सम्भव नभए विकल्प खोजिन्छ : मुख्यमन्त्री शाह

Image

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गोदावरीमा राजधानी सम्भव नभए विकल्प खोज्ने बिषयमा छलफल अघि बढ्ने बताएका छन । राजधानीका विषयमा छलफल अगाडि बढिसकेको बताउँदै उनले गोदावरीमा सम्भव नभए विकल्पमा जाने बताएका हुन ।

उनले राजधानी स्थापनाका विषयमा गठबन्धनका दलहरुबीच छलफल पनि सुरु गरिसकेको दावी गरे । प्रदेशको नाम परिवर्तनको विषयमा पटकपटक चर्चा हुने गरेको भएपनि तत्काल त्यसको तयारी भने नभएको उनको भनाइ छ ।

attariya hospital

नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । गोदावरीमा राजधानी बनाउने भन्ने दुई तिहाईको निर्णय पनि हो,’ मुख्यमन्त्री शाहले भने, ‘विभिन्न कारणले वन मन्त्रालय लगायतले अनुमति दिन नसकिरहेको अवस्था छ । सरोकारवाला मन्त्रालयबाट अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा हामी जान्छौं । त्यो सम्भव भएन भने विकल्प खोज्नेछौं ।’

मुख्यमन्त्री शाहले कृषि,पर्यटन र उर्जाको क्षेत्रलाई प्राथमिकतामा राखेर सुदूरपश्चिम सरकारले काम गरिरहेको बताए ।

‘सुदूरपश्चिम सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी काम गरिरहेको छ,’ मुख्यमन्त्री शाहले भने । सुदूरपश्चिममा भएका सम्भावनालाई उजागर गर्न निजी क्षेत्रलाई पनि आह्वान गरिसकेको बताउँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि सरकार सहकार्य गर्न तयार रहेको बताए ।

कृषि क्षेत्रलाई प्राथमिकता मा राखि अनुदान दिने, विना व्याजमा लगानी गर्ने, ढुवानीमा सहयोग गर्ने जस्ता कार्य अगाडि सारिएको मुख्यमन्त्रीले बताए ।