डडेल्धुरा – डडेल्धुरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन । जिल्लाको आलिताल गाउँपालिका–३ भुङडाकी १७ वर्षीया पार्वती विष्ट महरा (प्रिया) मृत अवस्थामा फेला परेकी हुन ।
जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार एक वर्ष पहिले भागेर विवाह गरेकी प्रियाको बिहिबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

उक्त विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

















