एप्पलले आईफोन १५ लाइनअप सार्वजनिक हुने मिति घोषणा गरेको छ । मंगलबार आधिकारिक वेबसाइट मार्फत कम्पनीले १२ सेप्टेम्बर (भदाै १२) मा एप्पल इभेन्ट हुने घोषणा गरेको हो ।

नेपाली समय अनुसार मंगलबार राति १०ः४५ देखि कार्यक्रम प्रसारण हुनेछ । याे इभेन्ट एप्पल टीभी, कम्पनीको वेबसाइट तथा युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थ्रियटरमा हुने इभेन्टकाे मुख्य आकर्षण आईफोन १५ सिरिज हुनेछ । अघिल्लाे वर्ष सार्वजनिक भएकाे आईफोन १४ मा ब्याट्री हेल्थ चाँडै घटेको भन्दै प्रयोगकर्ताले गुनासो गरेका थिए । आईफोन १५ का माेडेलहरूका लागि एप्पलले विशेष सतर्कता अपनाएकाे विभिन्न रिपाेर्टहरूले उल्लेख गरेका छन् ।


















