खाेज्नुहाेस

डडेल्धुरास्थित महाकाली नदीले नाघ्यो सतर्कता तह

Image

डडेल्धुरा – महाकाली नदीको बाढीले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको हो ।

उक्त स्थानमा जलसतह ५.८९ मिटर पुगेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । महाकालीको सतर्कता तह ५.८० मिटर हो । खतराको तह ७ मिटर तोकिएको छ ।

attariya hospital

अहिले पानीको बहाव स्थिर भएपनि बुधबार सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पुर्वानुमान गरिएको छ । पूर्वानुमान् महाशाखाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।