डडेल्धुरा – सर्पको टोकाइबाट डडेल्धुरामा एक युवकको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ का १६ बर्षिय युवक कृष्ण धामीको सर्पले टोक्दा मृत्यु भएको हो ।
शनिवार राति करिब २ बजेको समयमा आफ्नै घरमा सुतिरहेको बेला सर्पले टोक्दा धामीको मृत्यु भएको बताईएको छ । सर्पले टोके पछि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।


















