डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिकाका एक वडासदस्यमाथि कुटपिट भएको छ । गाउँपालिकाको वडा नं. ८ का वडासदस्य छबिलाल बोहरामाथी कुटपिट भएको बताईएको छ ।
बिहिबार राती करिब ८ बजेतिर तिन जनाको समुहले आफुमाथी कुटपिट गरेको वडासदस्य बोहराले बताएका छन । गाउँपालिकाकै वडा नं. ४ जालटुडा सडकमा मोटरसाइकल बनाउनका लागि रोकिएका बेला स्थानीयहरुले आफूमाथि मदिरा पिएर कुटपिट गरेको उनले बताए । कुटपिटबाट उनको टाउको र हातमा चोट लागेको बताइएको छ ।

उनका अनुसार सोही राति उक्त समूहले बालकल्याण आधारभूत विद्यालयका शिक्षक कृष्ण बोहरामाथि पनि आक्रमणको प्रयास गरेको थिए ।
वडा सदस्य बोहराले प्रहरी कार्यालय आलितालमा छानबिनका लागि निवेदन दिएका छन् भने प्रहरीले घटनामा संलग्न आलिताल–४ कटौजीका भरत रावत, टेक खड्का र जनक विष्टलाई नियन्त्रणमा लिएको छ ।

















