खाेज्नुहाेस

डडेल्धुरा मेडिकल कलेजका लागि कर्मचारी माग

Image

डडेल्धुरा – सुदूरपश्चिम विश्वविद्यालयले करारमा १७ जना कर्मचारी माग गरेको छ । विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकाय अन्तरगत डडेलधुरा मेडिकल कलेजका लागि पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको हो ।

जसअनुसार एक जना सहप्राध्यापकसहित विभिन्न विषयका लागि १६ जना उपप्राध्यापकको माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ १५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएको छ ।

attariya hospital

सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ ।

अहिले डडेल्धुरा अस्पतालमा उप–क्षेत्रीय अस्पतालको सय शैय्या मात्रै सञ्चालनमा रहेकाले स्नातक तहको मात्रै अध्ययन गर्न सकिने बताइएको छ ।