खाेज्नुहाेस

डडेल्धुरामा घरको छतबाट खसेर महिलाको मृत्यु

Image

डडेल्धुरा – डडेल्धुरामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका– ५ तुफानडाँडामा घरको छतबाट खसेर ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो ।

बुधबार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट बताएका छन ।

attariya hospital

उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट रेफर गरी धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।