डडेल्धुरा – डडेल्धुरामा बालिकाको शव फेला परेको छ । जिल्लाको परशुराम नगरपालिका –१२ आमपानीमा १४ वर्षीया बालिकाको शव फेला परेको हो ।
मंगलबार घरबाट माछा मार्न खोलामा निस्केकी १४ वर्षिया बालिका अमृता राउटेको शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव आम्पानी नजिक रङ्गुन नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गङ्गा दत्त बडुले जानकारी दिए ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

















