गोदावरीमा किन बन्यो विव्यसस ?

अत्तरिया – विद्यालय व्यवस्थापन समिति (विव्यस) । यसको नामबाट नै यसको काम बुझ्न सकिन्छ । यस्ता समिति हरेक विद्यालयमा निर्माण गरिएका हुन्छन । तर, कैलालीको गोदावरी नगरपालिकामा भने पहिलो पटक विद्यालय व्यवस्थापन समन्यव समिति (विव्यसस) गठन गरिएको छ । शनिबार नगरका विव्यस अध्यक्षहरुको भेलाबाट यस समितिको गठन गरिएको हो । १७ सदस्यिय उक्त समितिको व्यवस्थापकीय संयोजकमा गणेश शाह तोकिएका छन ।

maya metro hospital

यो समिति बनेपछि अहिले हरेक विद्यालयहरुमा विव्यस हुदाँ पनि किन नगरस्तरमा समितिको आवश्यकता प¥यो भन्ने प्रश्न उठेको छ । जवकी नगरमा विव्यस अध्यक्षलाई समेटेर नगर शिक्षा ऐन अनुसार नगर शिक्षा समिति बनेको छ ।

citizen security services

यती हुँदा पनि विव्यस अध्यक्षहरुको भेलामा विव्यसस गठनको प्रस्ताव आउँदा यसको समर्थनमा तालिको गडगडाहत मात्रै बजेन यसको आवश्यकताका बारेमा अध्यक्षहरुले भनाइ राख्दा नगरको शिक्षाको अवस्था पनि छताछुल्ल भयो ।

attariya hospital

गोदावरी – १० गणेश आविका विव्यस अध्यक्ष सुन्दर लाल चौधरीले पार्टी हेरेर विद्यालयमा बजेट विनियोजन गर्ने संस्कार तोड्नका लागि यो समितिको आवश्यकता रहेको बताए । उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका हौसियतमा नगरमा आफ्ना समस्या राख्न जाँदा पार्टीका आधारमा विभेद गरिने बताए । उनले फरक पार्टीको भएमा विव्यस अध्यक्षकै पदबाट हटाइदिने सम्मका धम्की सुन्नु पर्ने अवस्था भएकाले विद्यालय व्यवस्थापन समन्वय समिति मार्फत यस्ता विषयको सुनुवाइ हुनेमा आफू आशावादी रहेको बताए । नगरमा शिक्षाको गुणस्तर खस्कनुके पछाडी विद्यालयमा हुने राजनीतिक चलखेल र भ्रष्टाचार प्रमुख कारण रहेको उनको तर्क थियो ।

नवज्योती मावि विव्यस अध्यक्ष चक्र नागरीले नगरस्तरमा कहिल्यै पनि विव्यस अध्यक्षहरुलाई भेला गराएर शिक्षाको बिषयमा वहस नभएको बताए । उनले विव्यस अध्यक्षहरुका लागि अभिमुखिकर तालिमको व्यवस्था नहुँदा धेरैलाई कुन काम कसरी गर्ने भन्ने पनि थाहा नहुने अवस्था रहेको छ । ‘नगरमा प्रध्यानाध्यापकहरुको बैठक गरेर मात्रै शिक्षामा सुधार हुँदैन’ उनले भने ‘विद्यालय व्यवस्थापनको जिम्मेवारी लिएका विव्यस अध्यक्षहरुका पनि नगरको शिक्षाको सुधारका लागि सुझाव लिइनुपर्छ ।’

लक्ष्मी मावि विव्यस अध्यक्ष रबिन्द्र रोका मगरले पहुचका आधारमा विद्यालयमा बजेट जानबाट रोकी आवश्यकता आधारमा काम गर्न सबै विद्यालयले साझा समस्या उठानका लागि विव्यसस मार्फत काम गर्न सहज हुने बताए । उनले नगरबाट विद्यालयमा अनुगमन नहुने भएकाले त्यसका लागि पनि विव्यससले आवाज उठाउनु पर्ने बताए ।

गौरीशंकर आवि व्यवस्थापन समितिका अध्यक्ष गोरे दमाइले विद्यालयका प्रधानाध्यापक नै विव्यस अध्यक्षलाई नटेर्ने अवस्था रहेको बताए । उनले विव्यस अध्यक्षहरुले भोगिरहेका समस्या चिर्नका लागि समन्वय समितिको आवश्यकता रहेको बताए ।

ग्वासी मावि व्यवस्थापन समितिका अध्यक्ष रमेश ताम्राकारले पहुच र सम्बन्धका आधारमा विद्यालयमा बजेट विनियोजन गर्दा नगरको शिक्षामा समानता नआउने बताए । उनले यस्तो समस्यालाई रोक्नको लागि सबै विव्यस अध्यक्ष एकजुट हुन आवश्यक रहेको बताए ।

दशरथ चन्द आविका विव्यस अध्यक्ष यज्ञ राज भाटले विद्यालयलाई राजनीतिक भर्तिकेन्द्र बन्न नदिन सबै विव्यस अध्यक्ष एकजुट हुनुपर्ने बताए । उनले विद्यालयका समस्या पनि साँझा रुपमा उठाउनु पर्ने बताए । सबै विद्यालयका समस्या साँझा रुपमा उठाए श्रोतको व्यवस्थापनमा पनि सहज हुने उनको तर्क थियो ।

शिवगौरी आवि विव्यस अध्यक्ष चन्द्र बहादुर दमाइले अध्यक्ष भएपछि भवन बनाउन केन्द्रित नहुन आग्रह गरे । उनले विद्यालयका समस्या एक्लै राख्दा सुनुवाई नहुने भएकाले सबै विव्यस अध्यक्ष एकजुट हुनु अहिलेको आवश्यकता भएको बताए ।

शैलेश्वरी मावि विव्यस अध्यक्ष खगराज पाठकले विव्यस अध्यक्ष पनि कार्यक्षेत्र भन्दा बाहिर जान नहुने बताए । उनले विव्यस अध्यक्षहरुलाई नगरभित्रै शैक्षिक भ्रमण गराउनु पर्ने बताए ।
सरस्वती मावि गेटा विव्यस अध्यक्ष दीर्घराज भट्टले सबै अध्यक्षहरु एकजुट भएर विद्यालयका समस्या सामाधान केन्द्रित हुनुपर्ने बताए । उनले नगरमा शिक्षक दरवन्दी मिलानका बिषयमा पनि नगरले विव्यस अध्यक्षसंग समन्वय गर्नुपर्ने बताए ।

विव्यस भेलामा कार्यपत्र प्रस्तुत गर्दै दुर्गालक्ष्मी नमूना मावि अध्यक्ष तथा समन्वय समितिका संयोजक गणेश शाहले गोदावरीको शिक्षामा सामानता ल्याउन विद्यालय व्यवस्थापन समन्वय समितिको आवश्यकता भएको बताए । गोदावरीका अधिकांश सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कमजोर रहेकाले समन्वय समिति मार्फत शिक्षाको गुणस्तर सुधारका लागि काम गरिनुपर्ने बताए ।

उनले विद्यालयको व्यवस्थापकीय पक्ष कमजोर, शिक्षक दरवन्दी अभाव, अनुगमनको कमी र सरोकारवालाहरुको विद्यालयप्रतिको चासो कम भएको बताए । उनले अधिकांश विद्यालयहरुमा विषयगत शिक्षकको अभावका कारण विद्यालय बन्द हुने अवस्थामा पुग्नुका साथै शैक्षिक स्तर पनि खस्किएको बताए । उनले गोदावरीका समग्र शिक्षाका समस्या सामाधानका लागि सम्पुर्ण विव्यस अध्यक्षको तर्फबाट समन्वय समितिले नगरपालिकालाई कार्यपत्र पेश गर्ने बताए ।

उनले नगरको शिक्षामा सुधारका लागि शिक्षक नियमावली अनुसार दरबन्दी मिलान गरिनुपर्ने, अंग्रेजी माध्यमबाट शिक्षण सिकाइ गर्ने विद्यालयलाई प्रोत्साहन दिइनु पर्ने, बिभिन्न समिति, कार्यदल प्रतिनिधिसंग समन्वय बैठक र अन्तरक्रिया गरिनुपर्ने, शैक्षिक सामग्री निर्माण एवम पेसागत सिप विकास तालिम दिइनुपर्ने बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका लागि शैक्षिक भ्रमण कार्यक्रम गरिनुपर्ने, अन्तर विद्यालय नमूना कक्षा प्रदर्शन गरिनुपर्ने, कोचिङ कक्षा संचालन गरिनुपर्ने, नगरस्तरीय अतिरिक्त क्रियाकलापमा गर्न आवश्यक रहेको उनले बताए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.