बाजुरामा खोलाले ३ पशुचौपाया बगायो

बाजुरा – बाजुरामा खोलाले ३ पशुचौपाया बगाएको छ । बाजुराको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ युनामा रहेको युना खोलामा आएको बाढीले जस्मल रोकायाको ३ पशु चौपाया बगाएको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहराले रोकायाको घर बाहिर बाँधेर राखेको अवस्थामा एक गाई,एक बाछो र एक गोरु बगाएर लगेको जानकारी दिए ।

joshi vada pasal 2

रोकायाको टिनले छाएको घर माथिबाट खेला बढेर आएपछि घरको आँगन बगाएको छ । आँगन कटान गरेर बगाएपछि रोकायाको घर जोखिममा रहेको प्रहरी नायव उपरिक्षक बोहराले बताए । खोलामा आएको बाढीले मानवीय क्षती नभएको प्रहरी नायव उपरिक्षक बोहराको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.