अत्तरिया – प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले गेटामा विश्वविद्यालय बनाउने कुरा सम्बोधन गर्नुपर्ने बताएका छन । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अछामबाट निर्वाचित सांसद कुँवरले गेटामा विश्वविद्यालय बनाउने समझदारी गरिसकेपछि त्यसलाई सम्बोधन गर्नुपर्ने बताए ।

‘नीति तथा कार्यक्रमको २४२ नम्बर बुदामा गेटा मेडिकल कलेजका बिषयमा सरकारले समझादारी गरेर नीति तथा कार्यक्रममा पनि आएको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुरा आएको थियो’ उनले भने ‘त्यो बजेटमा प्रतिष्ठानको कुरा आएको छ । ३ सय बेड क्षमताको हस्पिटल चलाउने कुरा आएको थियो । अहिले बजेटमा जम्मा १ सय बेडको कुरा मात्रै आएको छ ।’

उनले अहिले यस बिषयमा जनता आन्दोलित भएकाले सरकारले यसको सम्बोधन गर्नुपर्ने बताए । उनले भने ‘या त समझदारी गर्नु हुँदैन । समझदारी गरिसकेपछि त्यसको सामाधान पनि गर्नुपर्छ । सम्बोधन पनि गर्नुपर्छ ।’
उनले ७५० मेगावाटको पश्चिम सेतीको कुरा पनि बजेटमा उल्लेख नभएकाले किन यस्तो गरिएको हो भनेर प्रश्न गरे ?


















