अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले ठूला होटल, रिसोर्ट केवलकार जस्ता पर्यटकीय उद्योगहरुलाई बैंक ऋणमा व्याज अनुदान दिने भएको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले सोमबार एक सूचना प्रकाशित गरी व्याज अनुदानमा दिन प्रस्ताव आह्वान गरेको छ ।


निर्देशनालयले चालु आर्थीक बर्षको कार्यक्रम अन्तरगत प्रदेशस्थित घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर यस्ता व्यवसाय संचालन गरिरहेका उद्यमीहरुलाई १५ दिन भित्र व्याज अनुदानका लागि प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

व्याज अनुदान लिनका लागि बैंकबाट ऋण लिएको र व्याजको दर खुल्ने कागजात पेश गर्नुपर्ने जनाइएको छ ।
