सुदूरपश्चिमका अर्थमन्त्रीले गरे पूर्व अर्थमन्त्रीहरूसँग छलफल

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले प्रदेशका पूर्व अर्थमन्त्रीहरूसँग बजेट निर्माणका विषयमा छलफल गरेका छन् ।

maya metro hospital

प्रदेश सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहेको बेला अर्थमन्त्री शाहीले पूर्व बजेट छलफलका लागि पूर्वअर्थमन्त्रीरूसँग सुझाव मागेका हुन् ।

छलफलमा पूर्वअर्थ मन्त्रीहरू झपट बोहोरा, प्रकाशबहादुर शाह, तारा लामा तामाङ र प्रकाश रावल सहगाभी रहेका थिए । अर्थमन्त्री शाहीले आर्थिक वर्ष २०८०/८१ को पूर्व बजेट छलफलसँगै विगतका बजेटको समिक्षा र सुझाव संकलन गरेका छन् ।

attariya hospital

यसैबीच, बिहीबार मात्रै मुख्यमन्त्री कमल बहादुर शाहले बजेट वक्तव्य नआउँदासम्म मन्त्रालयका सम्बन्धित कर्मचारीहरूलाई योजनाको विषयमा अनावश्यक भेटघाट नगर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.