खाेज्नुहाेस

सुदूरपश्चिमको कुल गार्हस्थ उत्पादन ३ खर्ब ७६ अर्ब रुपैयाँ हुने अनुमान

Image

धनगढी – सुदूरपश्चिम प्रदेशबाट यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा ३ खर्ब ७६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार गत आ.व. मा संशोधित अनुमान करिब ३ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ७.० प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा समेत ७.० प्रतिशतकै योगदान पु¥याउने अनुमान छ ।

navjiwan hospital

यता आर्थिक वृद्धिदरतर्फ भने यस वर्ष सुदूरपश्चिम प्रदेशको १.७८ प्रतिशत रहने अनुमान छ । अघिल्लो वर्ष प्रदेशको आर्थिक वृद्धिदर ४.७८ प्रतिशत रहेको थियो । तुलनात्मक रूपमा यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर ३ प्रतिशतको विन्दुले घट्ने देखिएको हो ।

attariya hospital

कुल गार्हस्थ्य उत्पादनमा समग्र प्रदेशको सबैभन्दा बढी योगदान ३३.४५ कृषि क्षेत्रको रहेको छ भने सबैभन्दा कम योगदान ०.१५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ । प्रस्तुत तथ्याङ्क उपभोक्ता मूल्यमा आधारित भई अनुमान गरिएको हो ।