धार्मिक क्षेत्रको संरक्षण गरौं

धार्मिक क्षेत्रका दृष्टिकोणले सुदूरपश्चिम प्रख्यात छ । यहाँ विभिन्न धार्मिक पर्यटकिय क्षेत्रहरु रहेका छन, जसले प्रदेशलाई चिनाईरहेका छन । खप्तड क्षेत्र, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, घटाल, बैतडीको त्रिपुरासुन्दरी, दार्चुलाको मालिकार्जुन, कैलालीको गोदावरी धाम लगायतका विभिन्न क्षेत्रहरुलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा लिईदै आएको छ ।

maya metro hospital

कैलालीको मुख्य धार्मिक पर्यटकिय क्षेत्र गोदावरी धाम भएपनि अन्य दर्जन भन्दा बढी क्षेत्रहरु यहाँ अवस्थीत छन ।
सुदूरपश्चिमले आफ्नो कला, संस्कृति र धर्मलाई जोगाउदै आएको छ । सोही अनुसार विभिन्न किसिमका मठमन्दिरहरु पनि निर्माण गरिएका छन । पुख्र्यौली रुपमा पुँजिदै र मानिदै आएका देविदेवताहरुको पुजापाठका लागी मठमन्दिर निर्माण गर्ने कार्य यहाँ गरिदै आएको छ । कैलालीको गोदावरीमा मात्रै करिब सय हाराहारीमा देवीदेवताहरुका मन्दिरहरु रहेका छन । सबै समुदायका मानिसहरुले धार्मिक कार्यका लागी अलग अलग देवी देवताहरुका मन्दिरहरु निर्माण गर्ने काम गरेका छन ।

नगरभित्र मात्रै सयौंको हाराहारीमा मठमन्दिरहरु निर्माण गरिएका भएपनि तिनिहरुको उचित संरक्षण गर्ने र धार्मिक मान्यता दिने कार्य भने कम हुदै गएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं. २ वनखेतमा रहेको शिव मन्दिर पनि उचित संरक्षणको अभावमा गुज्रिरहेको छ । ३० बर्ष अगाडी स्थापना गरिएको उक्त मन्दिरमा हाल गौरा र तिजको अवसरमा मेला लाग्ने गरेको छ भने विभिन्न पर्वहरुमा स्थानीयले पुजाआज पनि गर्ने गरेका छन । मन्दिरमा विवाहका कार्यक्रम पनि संचालन हुने गरेका छन् । ३० बर्ष अगाडी उक्त स्थानमा नरहरी नाथले कोटी होम लगाएर मन्दिरको स्थापना गरेका थिए । तर संरक्षण र उचित व्यवस्थापनको अभावका कारण उक्त मन्दिर परिसर अहिले मदिरा विक्रि वितरण गर्ने स्थान बनेको छ ।

attariya hospital

पवित्र स्थलका रुपमा चिनिने मन्दिर परिषरमा नै मदिरा विक्रिवितरण आफैमा धर्म र मन्दिरको धज्जी उडाउनु सरह हो । भगवानका नाममा शुद्ध र निराहार भएर श्रद्धापुर्वक पुजाआजा गर्ने स्थानमा नै भैरहेका त्यस्ता गलत क्रियाकलापहरुको नियन्त्रणका लागी भने कसैले पहल गर्न सकेको छैन । मन्दिर अगाडी बाटै खुलम्मखुल्ला मदिराको व्यापार भैरहेको छ, तर सरोकारवाला निकाय चुप छ ।

पुर्वपश्चिम राजमार्गको किनारामा करिब ढाई विगा जग्गामा फैलिएको उक्त मन्दिरका पुर्व पट्टिको जग्गामा व्यवसायीक प्रयोजनका लागि मन्दिर व्यवस्थापन समितिले सटर निर्माण गरेर भाडामा दिएको छ । केही ठाउँमा जग्गा लिजमा दिएर पनि व्यापार व्यवसाय संचालन गरिएको छ । तर, ति सटरहरुमध्ये केहीमा मदिरा विक्रिवितरणको काम हुने गरेको छ ।

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहने मन्दिर परिषरमा हुने त्यस्ता किसिमका गलत क्रियाकलापहरुको अन्त्य गरि त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउने काम सरोकारवाला निकायले गर्नुपर्दछ ।

कसैको धर्ममाथि धावा बोल्ने अधिकार कसैलाई छैन । त्यसैले मन्दिर परिषरमा हुने अवान्छित गतिविधिहरु रोकी धर्मको रक्षाका लागी निर्माण गरिएका मन्दिरहरुको संरक्षणमा ध्यान दिन आवश्यक छ ।

सम्बन्धित समाचार : भगवानको नाममा अत्याचार, मन्दिर परिसरमा रक्सीको व्यापार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.