धनगढी – धनगढीमा एक पोल्ट्री फर्म जलेर नष्ट भएको छ । धनगढी उपमहानगरपालिका–११ मा रहेको स्थानिय डम्बरबहादुर बोगटीको विशाल पोल्ट्री फर्म जलेर नष्ट भएको हो ।
करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।