अछाम – अछाममा एक जना पुरुष मृत फेला परेका छन । जिल्लाको साँफेबगर नगरपालिका– १ कालिमाटीका अन्दाजी ५० वर्षीय गणेश नाथ स्कूटरसहित मृत फेला परेका हुन ।

सेती राजमार्गको कालिमाटी खण्डमा स्कूटरसहित सडकबाट तल खसेको अवस्थामा नाथ को शव फेला परेको प्रहरीले बताएको छ । परिवारले आफूहरू नपुग्दासम्म शव नउठाउन प्रहरीलाई आग्रह गरेका छन् । नाथ वैद्यनाथ धाम पर्यटन विकास तथा व्यावस्थापन समितिका सदस्य समेत हुन् ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साँफे प्रहरीका अनुसार मंगलबार राति दुर्घटना भएको हो । बुधबार बिहान मात्र उनको शव फेला परेको हो ।



















