खाेज्नुहाेस

बसको ठक्करले घाईते अछामका एक युवकको उपचारका क्रममा मृत्यु

Image
क्षतिपुर्तिको माग गर्दै स्थानियले गरेको बन्द अवस्थाको फोटो

अछाम – अछाममा एक हप्ता अघि बसको ठक्करबाट घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ का हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौँमा शुक्रवार मृत्यु भएको हो ।

चैत्र १९ गते सुपप्र ०१–००१ ख ३१५४ नम्बरको बसले कुँवर सवार सु प प्र ०१–००९ प ६५८४ नम्बरको मोटरसाइकललाई साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको वडा कार्यालय नजिकै ठक्कर दिएको थियो ।

attariya hospital
navjiwan hospital

बसको ठक्करबाट घाईते भएका कुँवरलाई उपचारका लागी काठमाण्डौ लगिएको थियो । उनको काठमाण्डौमा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । कुँवरको मृत्यु भएपछि उनका आफन्तले अछामको यातायात बन्द गरेका छन । उनीहरुले साँफेमा टायर बालेर घटनाको विरोध थालेका हुन ।

बसका चालकलाई कार्बाही र मतकका परिवारलाई क्षतिपूर्तीको काम गर्दै आफन्तले आन्दोलन गरेका हुन् । बसका धनी र बसको चालक सम्पर्कमा नआएको उनीहरुको आरोप रहेको छ । कुँवरका आफ्न्तले बस समितिको काउण्टरमा समेत तोडफोड गरेका छन ।