धनगढी – एशियन लाईफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा शाखाले १५ औं वार्षिकोत्सवका अवसरमा विद्यालयलाई खेलकुदका सामाग्री वितरण गरेको छ । जिल्लाको अमरगढी नगरपालिका – ८ बागचौर बकण्डेमा रहेको भुमिराज प्राथमिक विद्यालयलाई शैक्षिक समाग्री वितरण गरेको हो ।

वार्षिकोत्सवकै अवसरमा संंस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत डडेल्धुरा शाखाले भलिवल, कर्क ब्याटमान्टन स्कीपिं डोरी र सानो वल व्याट हस्तान्तरण गरेको कार्यालय प्रमुख रमेश विष्टले जानकारी दिए । शाखा प्रमुख विष्टलेले संचालक समिति अध्यक्ष र प्रअलाई संयुक्त रुपमा मंगलवार हस्तान्तरण गरेका हुन् ।

वीमित, व्यवसायीक अभिकर्ता, नियमनकारी निकाय, कर्मचारी, शेयरधनी महानुभाव, संचालक समिति, व्यवसायीक साझेदारहरुले यस कम्पनी प्रति दर्शाउनुभएको अटुट विश्वास तथा सद्भावप्रति हार्दिक कृतज्ञता जाहेर गर्दै आगामी दिनमा हामी अझ सुदृढ, सरल र विश्वसनीय सेवा प्रदान गर्ने शाखा प्रमुख बिष्टले बताए ।
















