अत्तरिया – कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बैसाख पहिलो सातादेखि गहुँ खरिद गर्ने भएको छ । कम्पनीले कैलालीको मोहनपुर, टीकापुर र सत्ती गोदामबाट गहुँ खरिद गर्न लागेको हो ।

कम्पनीले एक सूचना जारी गरी फ्रेस गहुँ प्रति क्युन्टेल ३ हजार ३५१ मा तिन वटै ठाउँबाट खरिद गर्ने जनाएको छ । सरकारले फागुन ११ गते मन्त्रिपरिषद्बाट निर्णय गरेर गहुँको समर्थन मुल्य तोकेको थियो ।



















