अछाम – अछाममा बिहिबार भएको आगलागीमा परेर घाइते भएका २ जनाको हेलिकोप्टर मार्फत उद्दार गरिएको छ । आगलागीबाट गम्भिर घाइते दुबै जनाको सुर्खेतमा उपचार हुन नसकेपछि हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको हो ।

आगलागीमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–८ कोसेडीका २१ वर्षे हिमराज रोका मगर र १९ वर्षे पिरम रोकामगर गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई शनिबार नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौंमा रहेको कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगाइएको हो ।

















