खाेज्नुहाेस

अछाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाईते

Image

अछाम – अछाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अछामको कमलबजार नगरपालिका – ७ बाट खाद्यान्न सामाग्री लिएर वडा न १० सेरा फल्टाने जाँदै गरेको अन्टेस्ट ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

navjiwan hospital

मृत्यु हुनेमा कमलबजार नगरपालिका – १० का २१ बर्षीय बृख बहादुर बिष्ट रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन ।

attariya hospital

घाईते हुनेमा कमलबजार नगरपालिका – १० का ट्याक्टरका मालिक २८ बर्षिय भक्त बिष्ट, सोही ठाउँका खडक चलाउने र कृष्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलास सिँह बिष्टले बताएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको अछाम प्रहरीले जनाएको छ ।