खाेज्नुहाेस

गोदावरीको पहिलो इन्डोर कोर्टको निर्माण गरिने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा पहिलो पटक इन्डोर कोर्ट निर्माण गरिने भएको छ । नगरपालिकाको वडा नम्बर ३ चौकिडाँडामा ब्याटमिन्टन लगायतका इन्डोर खेल खेल्नका लागि कोर्ट निर्माण गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १५ लाखको लागतमा इन्डोर कोर्टको निर्माण सुरु गरिएको इन्डोर कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष छत्र बहादुर रोकायाले बताए । उनले इन्डोर कोर्ट निर्माणका लागि १ करोड ३० लाख लाग्ने भएपनि चालु आर्थीक बर्षमा मन्त्रालयबाट १५ लाख मात्रै बजेट विनियोजन गरिएको बताए ।

उक्त इन्डोर कोर्ड १ सय फुट लम्बाइ र ६५ फुट चौडाइ र ३५ फुट हाइट हुने उनले बताए । ‘उक्त इन्डोर कोर्टमा ३ वटा ब्याटमिन्टल खेल्ने कोर्ट, भलिबल कोर्ट देखि लिएर इन्डोरमा खेलिने खेल खेल्न सकिने छन’ उनले भने ‘बहुउद्देश्यीक भवनमा हालको बजेटले जग मात्रै बन्ने छ । हामीले अन्य ठाउँबाट थप रकम जुटाएर यसलाई चाडो भन्दा चाडो सम्पन्न गर्ने छौ ।’

attariya hospital

सुदूरपश्चिमका धनगढी महेन्द्रनगर, टीकापुर लगायतका सहरमा इन्डोर कोर्ट भएपनि अत्तरियामा भने अहिले सम्म इन्डोर कोर्ट बन्न सकेको छैन् । जसका कारण व्याटमिन्टन लगायतका प्रतियोगिता यस क्षेत्रमा संचालन गर्न समस्या हुने गरेको छ । हाल चौकिडाडाँ सामुदायी वन क्षेत्रमा निर्माण गर्ने भनिएको इन्डोर कोर्ट संगै फुटबल मैदान, क्रेकेट मैदानको निर्माण गरेर सो क्षेत्रमा नगरकै रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ । उक्त सपना साकार पार्नको लागि आफूहरु लागिपरेको गोदावरी नगर विकास समितिका अध्यक्ष टेक साउँदले बताए । उनले यस क्षेत्रका खेलाडीहरुले खेल खेल्नका लागि टाढा जान नपरोस भनेर चौकिडाँडामै बिभिन्न खेलकुद खेल्न सकिने मैदान एकै ठाउँमा बनाउन खोजेको बताए । ‘भोलिको पुस्ताले हाम्रो लागि नगरमा खेल्ने स्थानपनि बनाइदिएनन् भन्ने गुनासो नआओस भन्नको लागि हामीले यस क्षेत्रलाई खेलकुद खेल्ने ठाउँको रुपमा विकास गर्न खोजिरहेका छौ’ उनले भने ‘यसमा हामीले अझै क्षेत्र विस्तार गरेर सबै खेल खेल्न मिल्ने बनाउने प्रयास गरेका छौ ।’

navjiwan hospital

स्थानीय युवा योगेश भट्टराइले अत्तरिया क्षेत्रमा इन्डोर व्यटमिन्टन कोर्ट नहुँदा प्रतियोगिता संचालन गर्न निकै समस्या भएको बताए । उनले यस क्षेत्रमा कवर्डहल जस्तै कोर्ट निर्माणका लागि लामो समय देखि प्रयास भएपनि सफल हुन नसकेको अवस्थामा अहिले यसको सुरुवात हुनु सुखद पक्ष भएको बताए । ‘अहिले यस क्षेत्रमा पचासौ युवाहरु व्याटमिन्टन खेलिरहेका हुन्छन’ उनले भने ‘यहाँ कोर्ट निर्माण भइदियो भने जुनसुकै समयमा पनि यहाँ खेलकुदका प्रतियोगिता संचालन गर्न र खेल्न सहज हुनेछ ।’

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले अत्तरिया क्षेत्रमा अहिले सम्म इन्डोर खेल मैदान नहुँदा इन्डोर प्रतियोगिता गर्न निकै समस्या भएको बताए । ‘पछिल्लो समय ब्याटमिन्टन खेलप्रति युवाहरु आकर्षित भइरहेको अवस्थामा यस क्षेत्रमा इन्डोर कोर्ट निर्माण गर्न सकिएको छैन’ ब्याटमिन्टन खेलाडी समेत रहेका देवकोटाले भने ‘ढिलै भएपनि अहिले यस क्षेत्रमा कोर्ट बन्ने प्रक्रिया अगाडी बढ्नु राम्रो कुरा हो ।’

चौकिडाँडामा निर्माण गरिने इन्डोर कोर्टको शुक्रबार सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बमले शिलान्यास गरेका छन । उनले कोर्टको शिलान्यास गर्दै निर्माण सुरु गरिएको ब्याटमिन्टन कोर्टलाई पुरा गर्न आफूले पहल गर्ने बताए ।

‘मैले आज ब्याटमिन्टन प्रतियोगिता संगै यस क्षेत्रमा बन्ने ब्याटमिन्टन कोर्टको पनि उद्घाटन गर्ने मौका पाएकोमा एकदमै उत्साहीत छु’ उनले भने ‘मैले यसै ठाउँमा आएर पनि प्रत्येक वडामा एक–एक खेल मैदान निर्माण गराउने प्रयत्न गर्ने छु भनेको थिए । अहिले मैले सोचेको भन्दा राजनीतिक परिस्थिती केहि भिन्न हुन भएको छ । तर, पनि म के विश्वास दिलाउन चाहन्छु भने सिलान्यास गरेको इन्डोर ब्याटमिन्टन कोर्ट पुर्ण हुनेछ । त्यसका लागि प्रदेश सरकारको बजेट र मेरो अधिकार दुवैको समिश्रणबाट प्रयत्न गर्ने छु ।’