चिसोबाट बचौं

चिसोको समय छ । पछिल्लो केही दिन यता सुदूरपश्चिममा अध्याधिक चिसो बढेको छ । पहाडी क्षेत्रमा घाम लागेपनि तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा घाम लागेको छैन् । बिहानै देखि हुस्सुले आकाश पुरै ढाँकेको हुन्छ, शितका थोपाहरु दिउँसोको समयमा पनि चुहिरहेका हुन्छन् । अत्याधिक मात्रामा बढेको चिसोले यहाँको जनजिवन एकदमै अस्तव्यस्त बनेको छ ।

maya metro hospital

चिसोका कारण मानिसहरुले दैनिक क्रियाकलाप पनि राम्ररी गर्न सकिरहेका छैनन् । दैनिक ज्यालादारी गर्ने श्रमजिवि र विपन्न समुदायलाई चिसोका कारण के खाने भन्ने चिन्ता छ ।

joshi vada pasal 2

चिसोका समयमा मुख्य गरी ज्येष्ठ नागरिक र बालबालिकाहरु बढी प्रभावित हुन्छन् । ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई चिसोको समयमा बढी रोगहरु लाग्ने सम्भावना हुन्छ । त्यसैले, यो समयमा खासगरी बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल राख्नुपर्छ । ६५ वर्ष उमेर कटेका वृद्धवृद्धा तथा १२ वर्ष उमेरमुनिका बालबालिकामा श्वासप्रश्वासको समस्या धेरै हुने गर्छ ।

चिसोमा छुकछुके प्रवृत्तिका कारण बालबालिकाले आफूलाई न्यानोमा राख्न नसक्दा उनीहरु संक्रमणको उच्च जोखिममा हुन्छन् । यस्तै धेरै वृद्धवृद्धा दीर्घरोगी हुने भएका कारण साधारण रुघाखोकीले पनि उनीहरुमा दम, खोकीलगायत श्वासप्रश्वास सम्बन्धी गम्भीर संक्रमण निम्त्याउन सक्छ ।

सामान्यतया चिसो मौसममा धुमपान गर्ने व्यक्तिमा सिओपिडी, ब्रोनकाइटिस, इम्फाइसेमा, आज्मा लगायतका समस्या देखिन गर्दछ । त्यस्तै, धुलोधुवाँमा हिँड्नेहरुमा घाँटीको एलर्जी, साइनासाइटिस श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ भने बालबालिकाहरुमा चिसोकै कारण रुघाखोकी, निमोनिया, भाइरल डायरिया लगायतका भाइरल संक्रमण हुने गर्छ । यस्ता संक्रमण बारम्बार भएमा दीर्घरोगी भइन्छ ।

raunak fals and silling

चिसोका कारण उत्पन्न हुने रुघाखोकीको समस्या पाँच–सात दिन भित्रमै निको हुने गर्छ । तर उक्त रुघाखोकी एक हप्तासम्म पनि निको नभएमा, रुघाखोकीका साथमा खकार देखिएमा, धेरै खोकी लागेमा चाहिँ तुरुन्तै चिकित्सककहाँ लैजानु पर्छ ।

किनकी उक्त लक्षण निमोनियाको हुन सक्छ । यसबाहेक, मधुमेहका विरामी, पूराना दम रोगी, केमोथेरापी लिइरहेका विरामी, एचआईभी संक्रमित तथा मिर्गौलाका रोगीहरुलाई भने रुघाखोकी लागेको ४–५ दिन भित्रमै पनि निमोनियाको संक्रमण हुनसक्छ । त्यसैले, यीमध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै अस्पताल जानु पर्दछ ।

जाडो मौसममा पानी कम पर्ने गर्छ । जसले गर्दा धुलोका कण वातावरणमै तैरिएर बस्छन् । अनि वातावरणमा भाइरस तथा ब्याक्टेरिया धेरै हुने गर्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई यस्ता भाइरसको संक्रमण पनि धेरै हुने गर्छ । वृद्धवृद्धा तथा बालबालिकासँगै मधुमेह, पुराना दमका विरामी तथा दीर्घकालीन रोगीहरु पनि यस्तो संक्रमणको उच्च जोखिममा पर्दछन् ।

त्यसैले, जाडो मौसममा रोगको संक्रमण लिएर अस्पताल पुग्ने बिरामीहरुमा यिनीहरुको संख्या धेरै हुने गर्दछ । कयांै मानिसमा यस्तो संक्रमण बिग्रिएर दीर्घकालीन समस्या निम्तिने गर्दछ । भाइरल संक्रमणका कारण दीर्घकालीन समस्या निम्तिएमा बिरामीहरुले बाँचुञ्जेल औषधीको सेवन गर्नुपर्छ । चिसोबाट बच्न पोषिलो खानेकुरा खाने, न्यानो कपडा तथा टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनु हुँदैन ।

त्यसका साथै बिहान पर्याप्त शारीरिक ब्यायाम गर्नुपर्छ । जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ । पर्याप्त तातोपानी पिउनु पर्दछ । जाडोका कारण झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ ।

त्यसले कार्वनमोनोअक्साइड कोठाभरि फैलिंदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, श्वास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ । त्यसैले आगो ताप्दा पनि सावधानी अपनाउनुपर्दछ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.